• आइतबार, असोज ११ २०८३

गोरखा नगरक्षेत्रका विपन्न १ सय २५ परिवारलाई गडहेड्सको सहयोग


मंगलबार, असार १५ २०७८
890
Shares

गोरखा । गोरखा नगरपालिका क्षेत्रका अति विपन्न परिवारलाई गड हेड्स गोरखा नामक संस्थाले खाद्धान्न सहयोग गरेको छ ।

गड हेड्स यूकेमा सञ्चालित गोरखा डेभलोभमेण्ट स्किम अन्तरगत संकलन भएको ३ लाख २८ हजार रुपैया बराबरको खाद्धान्न संस्थाले गोरखा नगरक्षेत्रका विपन्न परिवारलाई वितरण गरेको हो ।

संस्थाका गोरखा अध्यक्ष रामचन्द्र दुवाडीको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तले प्रति परिवार २ हजार ६ सय बराबरको खाद्धान्न हस्तान्तरण गरेका हुन । जसमा ३० किलो चामल, तेल, दाल, चना, नुन, चिउरा, चिनी, मसेउरा लगायतका सामाग्री रहेको संस्थाका अध्यक्ष दुवाडीले जानकारी दिए ।

कोरोना भाइरसको जोखिमका कारण भएको निषेधाज्ञा कारण प्रभावित अति विपन्नको पहिचान गरी १ सय २५ परिवारलाई सो खाद्धान्न सामाग्री सहयोग गरिएको संस्थाका सदस्य सित्तलकाजी मास्केले बताए ।

गड हेड्स यूकेका प्रतिनिधी लिण्डा, गिता कर्माचार्य, आमिर कर्माचार्य लगायतको पहलमा सो सहयोग रकम संकलन भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार