• सोमबार, भाद्र २२ २०८३

२ हजार ४ सय ४४ संक्रमित थपिदाँ, ३ हजार ८ सय ५३ जना कोरोनामुक्त


सोमबार, असार १४ २०७८
505
Shares


काठमाडौं । पछिल्लो २४ घण्टाभित्र नेपालमा थप २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६ सय ४० परीक्षणबाट उक्त संख्यामा संक्रमित भेटिएका हुन्।

मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ पिसिआर परीक्षणबाट १ हजार ५ सय ९ र ४ हजार ९ सय ९२ एन्टिजेन परीक्षणबाट ९ सय ३५ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ५३ जना संक्रमितले कोरोना भाइरसलाई जितेका छन्।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८८ हजार १ सय ८७ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा ४२ जना कोरोना संक्रमितको निधन भएको छ। नेपाली सेनाद्वारा विभिन्न मितिमा गरिएको शव व्यवस्थापनको तथ्याङ्कसहित मन्त्रालयका अनुसार आज थप ४२ जनाको ज्यान गएको हो। यो सँगै नेपालमा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार