• आइतबार, असोज ११ २०८३

भिरबाट लडेर बेपत्ता भएको पुरूषको शव दश दिनपछि फेला


सोमबार, असार १४ २०७८
735
Shares


भिरबाट लडेर बेपत्ता भएको दस दिनपछि बझाङमा एक पुरूषको शव फेला परेको छ।

गत असार ३ गते लडेर बेपत्ता भएका दुर्गाथली गाउँपालिका–३ रकैलका मानबहादुर बोहराको शव शनिबार साँझ सोही ठाउँका स्थानीयले फेला पारेको प्रहरीले जनाएको छ।

जेठाबुवाको मलामी गएर फर्किंदै गर्दा उनी धौलावन भिरबाट लडेर बेपत्ता भएका थिए।

घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली एक हप्तासम्म खोजी कार्य गरे पनि फेला पार्न सकेको थिएन।

धामीको शवको पोस्टमार्टमपछि आइतबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार