• आइतबार, असोज ११ २०८३

५ अंकले बढ्यो नेप्से परिसूचक


सोमबार, असार १४ २०७८
630
Shares

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेको छ ।

नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ ।

दिनभर भएका ८१ हजार ३ सय कारोबारबाट २१९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार