• आइतबार, असोज ११ २०८३

विदेशबाट कोरोनाको खोप लगाएर आउनेहरू सिधै घर जान पाउने


सोमबार, असार १४ २०७८
640
Shares

काठमाण्डौ – विदेशबाट कोरोना विरुद्धको दुवै खोप लगाएर आएकाहरूलाई अब १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै घरजान दिइने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जारी गरेको विदेशबाट नेपाल आउने यात्रुको व्यवस्थापनसम्बन्धी आदेश २०७८ मा हवाई मार्गमार्फत आउनेले खोपको मात्र पूरा गरी प्रमाणपत्र साथमा भएमा र कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएका यात्रुलाई १० दिन सेल्फ क्वरेण्टीनमा बस्ने गरी सिधै गन्तव्यमा जान अनुमति दिन सकिने व्यवस्था गरेको छ ।

घरमा बसेको ११ औँ दिनमा भने कोरोना परीक्षण गर्नुपर्नेछ । नयाँ प्रावधान अनुसार, ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका बालबालिका र नाबालकका बुबा आमासमेत एन्टिजेन परीक्षण गरी घर जाने सक्नेछन् । तर एन्टिजेन परीक्षण पोजेटिभ आएमा भने आइसोलेसन सेन्टर वा अस्पताल पठाइने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार