काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै सबै प्रकारका पसलहरू खोल्न पाइने भएको छ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले सबै प्रकारका पसलहरू खोल्न दिने निर्णय गरेको सहायक प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए।

खाद्यान्न पसलहरू दिनभरि नै खोल्न पाइने छन्। यस अघि सबै प्रकारका पसलहरू, बार अनुसार खोल्न दिइएको थियो। त्यसलाई हटाइएर खाद्यान्न पसलहरू साँझ ६ बजेसम्म नै खोल्न पाइन्छ भने त्योबाहेक अरू सबै ११ बजेदेखि साँझ ६ बजेसम्म खोल्न पाइनेछ।
त्यस्तै, बैठकले काठमाडौं उपत्यका प्रवेशमा पनि कडाइ गरेको छ। काठमाडौं उपत्यका प्रवेश गर्नेहरूलाई पास अनिवार्य भएको उनले जानकारी दिए।
काठमाडौं उपत्यकाभित्रमै २५ सिट बढी क्षमताका सार्वजनिक यात्रुबाहक सवारीसाधन चलाउन दिएको छ।
ती सवारीसाधनहरू जोर—बिजोर प्रणाली अनुसार चल्न दिने निर्णय प्रशासनले गरेको हो। लामो दूरीका सवारी साधन भने अहिले बन्द गरिएको छ।

तीन जिल्ला प्रशासन कार्यालयले भोलिदेखि थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याएको छ।