• आइतबार, असोज ११ २०८३

एक सय २० ग्राम सुनसहित तीन जना पक्राउ


सोमबार, असार १४ २०७८
645
Shares


एक सय २० ग्राम सुनसहित कैलालीमा तीन जना पक्राउ परेका छन्।

गोदावरी नगरपालिका—२ अत्तरिया बसपार्कमा सुपप्र ३ ०१००२ च ४६९९ नम्बरको कार चेक गर्दा फेला परेको सुनको बिल नभएकोले उनीहरूलाई प्रहरीले पक्रेको हो।

चोरीको सुन किनबेच हुने गरेको भन्ने सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले सोमबार बिहान उनीहरूलाई पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका—८ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र चालक २० वर्षीय महेश सार्की रहेको बताए।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार