• आइतबार, असोज ११ २०८३

पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा


सोमबार, असार १४ २०७८
550
Shares

काठमाण्डौ – साविक विजेता पोर्चुगललाई हराउँदै विश्व नं एक बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो ।

सेभियास्थित ला कार्टुजा स्टेडियमा भएको खेलमा हाजार्डले एक मात्र गोल गरे । खेलको ४२औं मिनेटमा हाजार्डले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले थोमस मुनिएले उपलब्ध गराएको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगलले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल हुन सकेन ।

८३औं मिनेटमा पोर्गुलका राफेल गुरेइरोको प्रहार पोस्टमा लागेर फर्केको थियो । त्यसअघि रुबेन डियाको हेडर बेल्जियमका गोलकिपर थिबाउ कोर्तवाले रोकेका थिए ।

समूह चरणको तीनवटै खेलमा गोल गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले यस खेलमा भने गोल गर्न सकेनन् ।

पहिलो पटक युरोकप जित्ने लक्ष्यमा रहेको बेल्जियमले अब क्वाटरफाइनलमा एक पटकको विजेता इटलीसँग प्रतिस्पर्धा गर्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार