• आइतबार, असोज ११ २०८३

युरो २०२० : आज प्रि—क्वार्टरफाइनलका दुई खेल हुँदै


सोमबार, असार १४ २०७८
875
Shares

काठमाडौं । युरो २०२० मा आज पनि प्रि—क्वार्टरफाइनलका दुई खेल हुँदैछन्। राति ९ः४५ बजे क्रोएसिया र स्पेनबीच कोपनहगेनमा प्रतिस्पर्धा हुनेछ।

दुवै टिमले समूह चरणका सुरुवाती दुई खेलमा गोल गर्न संघर्ष गरेका थिए। तेस्रो खेलमा भने दुवै टिमले उत्कृष्ट प्रदर्शन गरे। दुवै टिम अन्तिम १६ को खेलमा पनि त्यस्तै प्रदर्शन गर्ने आसामा छन्।

लुका मोड्रिकको उत्कृष्ट गोलमा क्रोएसियाले समूह चरणको अन्तिम खेलमा स्कटल्यान्डलाई ३—१ गोलले हराएको थियो। उनी कुनै पनि टिमका लागि खतरा हुन सक्छन्। तर विंगर इभान पेरिसिक अनुपस्थित हुँदा क्रोएसियालाई असर पर्न सक्छ। पेरिसिक कोरोना संक्रमण भएका कारण आइसोलेसनमा छन्।

सन् २००८ र २०१२ को विजेता स्पेनले समूह चरणको अन्तिम खेलमा स्लोभाकियामाथि ५—० को जित निकालेको थियो। स्पेनका प्रशिक्षक लुइस इनरिकले स्पेनले स्लोभाकियाविरुद्धको खेलबाट सबै टिमलाई चेतावनी दिइएको बताएका थिए।

दिनको दोस्रो खेलमा फ्रान्स र स्विट्जरल्यान्डबीच खेल हुनेछ। राति १२ः४५ बजे हुने खेल बुचारेस्टमा हुनेछ। फ्रान्सले २०२० मा आफ्नो वास्तविक खेल अझै देखाउन सकेको छैन। समूह चरणमा फ्रान्सले पोर्चुगल, हंगेरी र जर्मनीविरुद्ध मध्यम खेल देखाएका थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार