• आइतबार, असोज ११ २०८३

जातीय विभेदविरुद्ध गोरखामा युवाहरुको प्रदर्शन


सोमबार, असार १४ २०७८
790
Shares

गोरखा । जातीय विभेद विरुद्ध तथा छुवाछुतको विरुद्धमा गोरखामा प्रदर्शन भएको छ । संयुक्त सचेत दलित संघर्ष समितिले आइतबार जिल्ला सदरमुकाममा समितिले कालोपट्टी बाँधेर मानव–मानवबीचको जातीय विभेदकारी घटना बिरोध गरेको हो ।

शब्द र बोलीमा होइन व्यवहारमा लागू गर, समाज बदल्न आफ्नो घरबाट सुरु गरौं, जातीय भेदभाव, छुवाछुत र कसुर सजाय ऐन अक्षरस पालना गर, हामी नबोले को बोल्ने, आवाज उठाऊ युवाहरु, मेरो लडाइँ छुवाछुत विरुद्धको हो, उठ युवा जाग अब जातीय विभेद अन्त्य गरौँ, दलित समुदायप्रति भेदभाव बन्द गर, मानव भएर आखिर कहिलेसम्म मानव हुनलाई नै संघर्ष गर्नुपर्ने लगायतका नारा लेखिएका प्लाकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले हालै काठमाण्डौमा भएको घटना र त्यसलाई संरक्षण गर्ने दुबैलाई कारवाही गर्न माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार