• शनिबार, साउन ९ २०८३

टिपरको ठक्करबाट क्रसरभित्रै महिलाको मृत्यु (हेर्नुस ५ तस्विरमा ताजा अवस्था)


शुक्रबार, माघ १७ २०७६
6.6K
Shares

गोरखा । टिपरको ठक्करबाट गोरखा नगरपालिका १० छेवेटारमा एक महिलाको ज्यान गएको छ ।

छेवेटार स्थित अमलापानी घर भएकी करिब ५२ बर्षिया मनमाया तामाङको टिपरको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहान दुध बेच्न हिडेकी तामाङलाई घर नजिकै रहेको गोरखकाली क्रसर उद्योग परिसरमा टिपरले किचेको थियो । हातमा टर्च लाइट बालेर छेवेटारमा दुध पु¥याउन जादै गरेकी उनलाई ग १ ख ८०२७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

घटना लगत्तै आक्रोशित स्थानीयले ठक्कर दिने टिपरमा आगजनी गरेका छन् भने क्रसरमा रहेका झण्डै २० वटा टिपर, जेसिवी लगायत क्रसरको कार्यालयमा समेत तोडफोड गरेका छन् ।

आक्रोशित भिडलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी खटाइएको छ ।

घटनामा ज्यान गुमाएकी तामाङको शव हालसम्म उठ्न सकेको छैन । घटना स्थलमा हाल ठूलो संख्यामा स्थानीयको उपस्थिती रहेको छ ।

तस्बिर : माेहसिन अलि मियाँ / सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार