गोरखा । गोरखाको धार्चे गाउँपालिकाले एक सय जना विद्यार्थीलाई भर्ना शुल्क अनुदान दिने भएको छ । पालिकाले १० कक्षा उतीर्ण गरी ११ कक्षा भर्ना हुन नसकेका एक सय जना विद्यार्थीलाई भर्ना शुल्क अनुदान दिने भएको हो ।

बिहिबार सम्पन्न गाउँसभाबाट पालिकाले बालबालिकालाई उच्च शिक्षा पढ्न प्रोत्साहित गर्नका लागि यस्तो नीति तथा कार्यक्रम पारित गरेको जनाएको छ । सोही नीति अनुसार आउँदो आर्थिक बर्षदेखि लागु हुने गरी भर्ना शुल्क अनुदान दिन लागिएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।

‘हाम्रो प्राथमिकता शिक्षा क्षेत्रको विकास पनि हो’ उनले भने ‘१० कक्षासम्म मात्रै सरकारले निशुल्क शिक्षा दिएर भएन, अब उच्च शिक्षामा पनि सपोर्ट गर्नुपर्छ भनेर हामीले यस्तो नीति तथा कार्यक्रम अघि सारेका हौ ।’
त्यस्तै गाउँपालिकाले हाल कायम रहेको ७१ प्रतिशत साक्षरता प्रतिशतलाई बढाएर ९० प्रतिशत पु¥याउने समेत लक्षय ल्याएको छ । त्यसका लागि गाउँपालिकाभित्रका विद्यालय सुधारदेखि साक्षर कक्षा सञ्चालन गर्ने योजना गाउँपालिकाले अघि सारेको जनाएको छ ।
‘हाम्रो साक्षरता अहिले ७१ प््रतिशत मात्रै छ, यसलाई बढाएर ९० प्रतिशतमा पु¥याउन हामीले बिभिन्न कार्यक्रमसहित कार्ययोजना अघि सारेका छौ’ गाउँपालिका अध्यक्ष गुरुङले भने । यसैगरी हालै सम्पन्न गाउँसभाले ४४ करोड ५५ लाख रुपैयाँको अनुमानित बजेट समेत पारित गरेको अध्यक्ष गुरुङले बताएका छन् ।

