• आइतबार, असोज ११ २०८३

एक चिनियाँले ८५ वर्षसम्म लुकाएको खप्परले खोलेको रहस्य !


आइतबार, असार १३ २०७८
820
Shares


सन् १९३३ मा उत्तरपूर्वी चीनको हेलियोङजियाङ प्रान्तमा जापानी उपनिवेश थियो। त्यहाँको हार्बिन सहरमा पर्ने सोङ्घुवा नदीमा पुल बनाउन चिनियाँ कामदार खटाइएको थियो।

पुल बनाउने काममा खटेका एक चिनियाँले जमिनमा मान्छेको खप्पर भेटाए। उनलाई लाग्योयो खप्परमा केही महत्वपूर्ण कुरा लुकेको छ।

त्यसलाई उनले घर ल्याए। र्‍याप गरेर नजिकैको इनारमा गाडिदिए। त्यसबारे उनले वर्षौंसम्म कसैलाई केही भनेनन्।

सन् २०१८ मा जब ती कामदार जीवनको अन्तिम मोडमा पुगे। प्राण छोड्नु अघि उनले आफ्ना सन्तानहरूलाई आफूले खप्पर लुकाएको ठाउँबारे बताए।

उनका सन्तानहरूले खनेर हेर्दा खप्पर भेट्टाए र अनुसन्धानका लागि वैज्ञानिकहरूलाई दिए।

उक्त खप्परको अध्ययन गरेका बेलायती र चिनियाँ वैज्ञानिकहरूले अहिले त्यो खप्पर मानिसको सबैभन्दा नजिकको प्रजातिको हुनसक्ने बताएका छन्।

गत शुक्रबार ‘द इनोभेसन’ म्यागजिनमा प्रकाशित अनुसन्धान लेखका अनुसार त्यो खप्पर ९ इन्च लामो र छ इन्च चौडा छ। अर्थात् अहिलेका मानिसको खप्परमा जत्रो मस्तिष्क अटाउँछ त्यो ठाउँ उक्त खप्परमा पनि छ।

वैज्ञानिकहरूले उक्त खप्पर १ लाख ४६ हजार वर्षअघिको हुनसक्ने बताएका छन्। त्यो खप्पर ५० वर्षीय पुरुषको हुनसक्ने पनि उनीहरूको अनुमान छ।

‘अहिलेसम्म नियन्डर्थललाई मानिसको सबैभन्दा नजिकको प्रजाति मानिन्छ,’ उक्त खप्परको अध्ययन गरेका चाइनिज एकेडेमी अफ साइसेन्सका प्राध्यापक सिजुन नीले भनेका छन्,‘तर हामीले गरेको अनुसन्धानले होमो लङी हाम्रो सबैभन्दा नजिकको प्रजाति हो भन्ने देखाउँछ।’

वैज्ञानिकहरूले हार्बिनमा भेटिएको उक्त खप्परको नाम होमो लङी राखेका छन्। चिनियाँ भाषामा लङी भनेको ड्रागन हुने भएकाले त्यसलाई ड्रागन म्यान पनि भनिएको छ।

अहिले वैज्ञानिकहरूले गरेको दाबी नै सबैलाई मान्य भए मानवका पुर्खाहरू को हुन् र कहाँबाट आएका हुन् भन्ने ‘न्यारेटिभ’ नै फरक पर्नेछ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार