• आइतबार, असोज ११ २०८३

आठ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा युवक पक्राउ


आइतबार, असार १३ २०७८
540
Shares

Modern metal handcuffs. Vector illustration in flat style


काठमाडौं। आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेको छ ।

काठमाडौं महानगरपालिका—२३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका—१ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार