• बिहिबार, साउन १४ २०८३

आजबाट गोरखामा निषेधाज्ञा खुकुलो, पसल खाेल्न ‘टाइम कार्ड’


आइतबार, असार १३ २०७८
600
Shares

गोरखा । आजबाट निषेधज्ञालाई केहि खुकुलो बनाइएको छ । शुक्रबार छैटौं पटक एक हप्ताका लागि निषेधाज्ञा थप गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीले केही खुकुलो पार्ने निर्णय गरेको थियो ।

जसअनुरुप अब दैनिक उपभोग्य खाद्यान्न, फलफुल, दुध माछा मासु लगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजे सम्म खुल्नेछन् । यसअघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका अन्य पसल बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्न पाउने भएका छन् ।

‘अहिले जिल्लामा परीक्षण भएका मध्ये २७ प्रतिशतमा पोजेटभ केस छ । यसको मतलब हामी खतरामुक्त भइसकेका छैनौं,’ प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले भने,‘सबैको सल्लाहमा केही खुकुलो पारिएको मात्र हो । तर अहिले पनि निषेधाज्ञा कायम नै छ ।’

हेयर सैलुङ, ब्युटिपार्लर, होटल रेस्टुरेन्ट लगायत मानिसको प्रत्यक्ष सम्र्पक हुने खालका व्यापार व्यवसाय भने अझै बन्द रहने उनले बताए ।

बैठकमा सहभागी व्यापारी व्यवसायीले निषेधाज्ञा हटाउनु पर्ने माग राखेका थिए । पासको दुरुपयोग गरी निजि सवारी साधनले सर्वसाधारणलाई ठग्ने काम गरेको भन्दै सार्वजानिक सवारी साधन पनि सञ्चालन ल्याउनु पर्ने कपितयको धारणा थियो ।

तर अन्य जिल्लामा पनि कडाई कायम रहेकाले गोरखाले मात्र खोल्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको थियो । बजार पसल खुलेसँगै स्वास्थ्य र सावधानीको मापदण्ड भने कडाई गर्न सरोकारवालाहरुले व्यापारी व्यवसायीलाई आग्रह गरेका छन् । ‘व्यापारी व्यवसायी साथीहरु अझै बढि जिम्मेवार ढङ्गले प्रस्तुत भइदिनु पर्छ’ गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले भने, ‘लकडाउनको समयमा हामीकोे सबै धेरै मेहनतले चेन बे्रक गर्न सफल भएका छौं । फेरी हामीले नै सावधानी अपनाउन सकिएन भने फेरी बन्द गर्न पर्ने अबस्था आउन सक्छ ।’

उनले आम सर्वसाधरणलाई पनि जिम्मेवार नागरिकको भूमिका निर्वाह गरिदिन आग्रह गरेका छन् । सुरक्षाका उपाय पालना गरे नगरेको अनुगमन पनि हुने डिसिसिएमसीले निर्णय गरेको छ ।

बैठकले ब्यवसायहरुमा टाइम कार्ड लागु गरी खुल्ने दिने भनेपनि निजी र सार्वजनीक यातायातका साधन भने संचालन गर्न नपाईने निर्णय गरेको छ । बैठकमा जिल्लामा क्रियाशिल राजननीति दलका नेताहरुले चेकजाँच र खोपको मात्र बढाउनु पर्ने बाएका थिए ।

त्यस्तै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय बाहेकका सरकारी कार्यालयले न्यूनतम कर्मचारी खटाई सुरक्षित भएर सेवा प्रवाह गर्ने निर्णय भएको छ । जस अनुरुप आजबाट सरकारी कार्यालय पनि खुल्नेछन् ।

यस अघि असार १२ गते शनिवार सम्मलाई लागु गरिएको निषेधाज्ञा असार १९ गते सम्म थप गरिएको समितीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्माले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार