• आइतबार, असोज ११ २०८३

चर्चित टेलिसिरियल ‘जुठे’ फेरि प्रसारण हुँदै


शनिबार, असार १२ २०७८
845
Shares

काठमाडौं । टेलिसिरियल ‘जुठे’ फेरि प्रसारणमा आउने भएको छ। सिरियल आउँदो साताबाट नियमित प्रसारणमा आउँने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

जातीय विभेद र छुवाछुतको विषयलाई समेटी देखाइएको भन्दै विवादमा आएपछि सिरियल केही सातादेखि बन्द थियो। निषेधाज्ञा र दलित समुदायको विरोधका कारण बन्द रहेको सिरियल फेरि शुरु हुने कलाकार मरिचमानले बताएका छन् ।

उनले राष्ट्रिय दलित आयोगमा आयोगका अध्यक्ष देबराज बिश्वकर्मासँग जुठेको विषयमा छलफल भएको बारेसमेत बताएका छन्।

‘छलफल निकै सकारात्मक रहेको र आउँदा दिनहरुमा समाजमा रहेको छुवाछूत अनि मान्छे—मान्छे बिचको बिभेदलाई हटाउन जुठे कार्यक्रम एउटा राम्रो माध्यम बन्ने चाहाना पुरा गर्ने प्रतिबद्धता जनाइएको छ’, उनले भनेका छन्।

उनले अर्को साता असार १६ मा भाग १४ लिएर आउँने पनि बताएका छन्।

यस सिरियल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ। यसमा मरिचमान श्रेष्ठ र राजु पौडेलको संयुक्त लेखन तथा निर्देशन रहेको छ।

यसमा मरिचमान र राजुबाहेक रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार