• आइतबार, असोज ११ २०८३

बाढीले बगायो मेलम्चीको ३ तले घर


शनिबार, असार १२ २०७८
575
Shares


काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती नदीको बाढीले मेलम्ची बजारको एउटा तीन तले घर बगाएको छ।

यही असार १ गते मेलम्ची र हेलम्बुमा तहसनहस बनाएको बाढीले शनिबार बिहान पनि कटान गरी थप एउटा घर बगाएको हो ।

आज बिहान मेलम्ची नगरपालिका—११ मा रहेको गोपाल दुलालको ३ तलाको घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिए ।

घर बगाए पनि मानवीय क्षति भने नभएको डीएसपी सापकोटाले बताए ।

प्रहरीको तथ्याङ्क अनुसार १ गते आएको बाढीले मेलम्ची र हेलम्बुमा ५ जनाको मृत्यु भएको छ भने २० जना अझै बेपत्ता छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार