काठमाडौं । मनसुन सक्रिय भएसँगै आज पनि देशभर वर्षा जारी छ। मनसुनी वायुकै प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको अनुमान छ ।
आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
देशका अधिकांश भू—भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
