काठमाडौं । शुक्रबार थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस दिन कुल १४ हजार ३ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो।
९ हजार ५ सय ८६ नमूना परीक्षण गर्दा १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ नमूना परीक्षण गर्दा ७ सय ५५ जनामा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना निको भएका छन्।
त्यस्तै थप २७ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय ४५ पुगेको छ।
