• आइतबार, असोज ११ २०८३

युइएफएले हटायो अवे गोलको नियम


शुक्रबार, असार ११ २०७८
530
Shares


युरोपियन क्लब फुटबलमा लागू हुँदै आएको अवे गोलको नियम हटाइएको छ।

युरोपियन फुटबल महासंघ (युइएफए) ले आगामी सिजनदेखि अवे गोलको नियम हटाउने निर्णय गरेको हो।

सन् १९६५ देखि दुई लेगको फुटबलमा विपक्षी टोलीको मैदानमा गरेको गोललाई प्राथमिता दिने गरेको थियो।

कसैगरी दुई टिमबीच बराबरी भएको अवस्थामा जसले धेरै विपक्षीको मैदानमा गोल गरेको त्यहीँ टिमलाई फाइदा पुग्ने गरेको थियो।

गत मेमा अवे गोलको नियम हटाउने प्रस्ताव गरिएको थियो। जुन प्रस्तावलाई युइएफएको कार्यकारी समितिले बिहीबार पारित गरेको हो।

अब युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग र युरोपा कन्फरेन्स लिग र वुमन्स च्याम्पियन्स लिगमा अवे गोलको नियम लागू हुनेछैन।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार