• बिहिबार, साउन १४ २०८३

गोरखामा फेरी थपियाे निषेधाज्ञा, पसल खुल्ने तर गाडी नचल्ने


शुक्रबार, असार ११ २०७८
750
Shares

गोरखा । गोरखामा फेरी एक हप्ता निषेधाज्ञा थपिएकाे छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखामा सम्पन्न जिल्ला काेभिड ब्यवस्थापन समितकाे बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे ।

यस अघि असार १२ गते शनिवार सम्मलाई लागु गरिएको निषेधाज्ञा असार १९ गते सम्म थप गरिएको समितीका संयाेजक एवं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्माले बताए ।

तर थप भएकाे एक हप्ते निषेधाज्ञालाई भने केहि खुकुलाे बनाइएकाे छ । अब दैनिक उपभोग्य खाद्यान्न, फलफुल, दुध माछा मासु लगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजे सम्म खुल्नेछन् भने यस अघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजे सम्म खुल्न पाउने भएका छन् ।

त्यस्तै जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय बाहेकका सरकारी कार्यालयले न्यूनतम कर्मचारी खटाई सुरक्षित भएर सेवा प्रवाह गर्नेछन् ।

बैठकले ब्यवसायहरुमा टाइम कार्ड लागु गरी खुल्ने दिने भनेपनि निजी र सार्वजनीक यातायातका साधन भने संचालन गर्न नपाईने निर्णय गरेको छ ।

तर ब्यापारी, ब्यवशायीलाई पसल खोल्दा स्वास्थ्य सुरक्षाको मापदण्ड कार्यान्वयनमा भने कडाइ गरिने भएकाे छ । सुरक्षाका उपाय पालना गरे नगरेको अनुगमन पनि हुने डिसिसिएमसीले निर्णय गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार