• आइतबार, असोज ११ २०८३

गोरखाका आठ पालिकाको बजेट ५ अर्ब १६ करोड, गण्डकी, आरुघाट र चुमनुब्रीमा किन आएन ?


शुक्रबार, असार ११ २०७८
835
Shares

गोरखा । जिल्लाका ८ स्थानीय तहले आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट सार्वजानिक गरेका छन् । २ नगरपालिका र ९ गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेकोमा गण्डकी, आरुघाट र चुमनुब्री गाउँपालिका बाहेक अन्यले बजेट ल्याएका हुन् । जसमा ८ पालिकाकाे बजेट ५ अर्ब १६ करोड १० लाख हुन आउछ ।

तर गण्डकी गाउँपालिकाले नीति तथा कार्यक्रम भने सार्वजानिक गरेको र बजेट ल्याउन बाँकी छ । शहिद लखन गाउँपालिकाले बुधबार नै नीति तथा कार्यक्रम ल्याएको थियो ।

केही दिन अघि नीति तथा कार्यक्रम सार्वजानिक गरेको अजिरकोटले पनि बिहीबार बजेट ल्याएको छ । यसैगरी गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, सिरानचोक गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिकका, भीमसेन थापा गाउँपालिका र धार्चे गाउँपालिको एक साथ नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेका छन् ।

आरुघाट र चुमनुब्री गाउँपालिकाले कोभिड प्रभाव र बाढी पहिरोका कारण नीति तथा कार्यक्रम सार्वजानिक गर्न केही ढिलाई भएको बताएका छन् । आरुघाट गाउँपालिकाका अध्यक्ष पुर्ण दाहाल कोरोना संक्रमित भएपछि अन्य जनप्रतिनिधि र कर्मचारीहरुको पनि चेक जाँच गर्नु पर्ने देखिएकाले अन्तिम समयमा आएर सार्वजनिकिकरण कार्यक्रम स्थगित गरिएको छ । केही दिन भित्र नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गर्ने उक्त गाउँपालिकाले जनाएको छ ।

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा बढि पहिरोले निकै क्षति गरेको टेलिफोन सम्र्पक पनि बिच्छेद भएकोले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भएको छ ।

सबै स्थानीय तहका नीति तथा कार्यक्रमले कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, शिक्षा, कृषि, जिबिकोपार्जन, पर्यटन र पूर्वाधार बिकासलाई जोड दिएको छ । सदरमुकामको गोरखा नगरपालिकाले एक अर्ब ५ करोडको बजेट ल्याएको छ ।

पालुङटार नगरपालिकाले भने करिब ८४ करोड ५१ लख ३१ हजार बजेट नगरसभामा पेश गरेको छ । नगरप्रमुख ई. दीपकबाबु कंडेल कोरोना संक्रमित भएपछि उपप्रमुख पंफा बसेलले नीति तथा कार्यक्रम र बजेटलाई सभामा पेस गरेकी थिइन ।

सिरानचोक गाउँपालिकाले पनि कोभिड नियन्त्रण र रोकथामलाई जोड दिदै ५६ करोड ९७ लाख २३ हजार रुपैया बराबरको बजेट गाउँसभामा पेश गरेको छ ।

बारपाक सुलिकोट गाउँपालिकाले ५२ करोड ७३ लाख ३७ हजारको बजेट सभामा प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले जानकारी दिए । भीमसेन थापा गाउँपालिकामा पनि ६२ करोड ५२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट र नीति तथा कार्यक्रम बिहीबार गाउँसभामा पेश गरिएको छ ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाले ४४ करोड ५५ लाखको बजेट गाउँसभमा पेस गरेको छ । गण्डकी गाउँपालिकामा भने नीति तथा कार्यक्रम ल्याएपनि बजेट ल्याउन बाँकी रहेको अध्यक्ष होम बहादुर राना मगरले सिभिलखबलाई बताए । यी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सभामा पेश गरे पनि छलफल गरेर टुंग्याउन भने बाँकी रहेको स्रोतले बताएको छ ।

अधिकाशं स्थानीय तहको सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेट समेत पारित भइसकेको छ । केहीमा भने छलफल बाँकी रहेकाले वर्खे अधिबसेन जारी रहेको बताइएको छ । नेपालको संबिधान अनुसार स्थानीय तहले असार १० गते भित्र नीति तथा कार्यक्रम र असार मसान्त भित्र बजेट पास गरिसक्नु पर्ने प्रावधान छ । यस वर्ष गोरखा सहित देश भरका अधिकाशं स्थानीय तहले असार मसान्त भित्र बजेट ल्याएका छन् ।

तालिकामा हेर्नुस आठ स्थानीय तहकाे बजेट

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार