गोरखा । गण्डकी गाँउपालिकाको वडा नं ८ मा गठन भएको भिमसेनथान डेरी कृषि समुहमा व्यावसायिक भैसी पालन तथा गर्ने उदेश्यले उन्नत जातको भैसीको पाडी वितरण सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि मन्त्रालय खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाको संचालन तथा युएन एफएओको प्राविधिक सहयोगमा संचालन भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तरगत भैसीको पाडी वितरण गरिएको हो ।
यस कार्यक्रमको लागि खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई गोरखाले ६ लाख रुपैया अनुदान दिएको जनाएको छ ।
विश्व कृषि तथा खाद्य सुरक्षा कोष कार्यक्रमवाट प्राप्त आर्थिक सहयोग र विश्व वैकको सुपरिवेक्षणमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयवाट संचालन भइ रहको यस कार्यक्रममा यस वर्ष मात्रै गण्डकी गाँउपालिकामा २५ वटा पशुपालन समुहहरु गठन भई काम भइरहेको आयोजनाका क्लष्टर इकाई प्रमुख वरिष्ठ कृषि विकास अधिकृत दुर्गा प्रसाद पण्डितले जानकारी दिए ।
उनका अनुसार गठन भएको २५ वटै समुहले मागको आधारमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकोे पण्डितले जानकारी दिए । कार्यक्रमा परियोजनावाट ८५ प्रतिशत अनुदान र १५ प्रतिशत रकम समुहले व्यवस्थापन गर्नु पर्ने कुरा क्लस्टर इकाइ गोरखाको सुचना अधिकारी तथा कृषि अधिकृत लेखराज ढकालले वताए ।
गण्डकी गाँउपालिका र वारपाक सुलीकोट गाँउपालिकामा संचालित यस कार्यक्रमले कृषि, पशु तथा पोषणको क्षेत्रमा विभिन्न गतिविधि संचालन गरिरहेको छ ।