• आइतबार, असोज ११ २०८३

बारपाक सुलिकाेटमा पाैने ५३ कराेडकाे बजेट, लकडाउन प्रभावितलाई सहयाेग गरिने


शुक्रबार, असार ११ २०७८
590
Shares

गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रमसहित बजेट सार्वजानिक गरेकाे छ ।

बिहिबार आयाेजित नवाै गाउँसभामा पालिकाले कार्यक्रमसहित ५२ करोड ७३ लाख रुपैयाँ बराबरकाे बजेट सार्वजानिक गरेको हाे ।

सभामा गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टले नीति तथा कार्यक्रम र गाउँपालिका उपाध्यक्ष सनमाया गुरुङले बजेट प्रस्तुत गरेकी हुन् ।

जसमा संघिय वित्तिय समानिकरणमा १४ कराेड ३४ लाख, संघ राजश्व बाँडफाँडमा ८ कराेड ३८ लाख ८० हजार, गण्डकी प्रदेश समानीकरणमा १ कराेड ७६ लाख ५८ हजार, गण्डकी प्रदेश राजश्व बाँडफाँडमा ५६ लाख ९९ हजार र पालिकाकाे काेषमा रहेकाे १ कराेड ५० लाख रुपैया आम्दानी हुने अनुमान पालिकाले गरेकाे छ ।

गाउँपालिका अध्यक्ष भट्टले कोभिड र लकडाउनका कारण सिथिल बनेकाे विकास निर्माणलाई चलायमान बनाउने, कोरोनाका कारण रोजगारी गुमाएका मजदुर र अति बिपन्न परिवारलाई राहत तथा सहयोग गर्ने गाउँपालिकाले नीति लिएको जनाएकाे छ ।

त्यस्तै स्वास्थ्य, शिक्षा विकासनिर्माण लगायतलाई समेत ध्यानमा राखेर गाउँपालिकाले बजेट बिनियाेजन गरेकाे प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार