गोरखा । पालुङ्गटार नगरपालिकाले आगामी बर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गरेकाे छ । बिहिबार एक कार्यक्रमका बिच नगरउपप्रमुख पम्फा बसेलले कार्यक्रम र बजेट सार्वजानिक गरेकी हुन ।
नगरप्रमुख ई दिपकबाबु कडेंललाई मंगलबार मात्रै काेभिड संक्रमण पुष्टि भएपछि उपप्रमुख बसेलले नीती तथा कार्यक्रमसहित बजेट सार्वजानिक गरेकी हुन ।
जसमा नगरपालिकाले आगामी आव ०७८/०७९ को लागि ८४ करोड ५१ लाख ३१ हजार रुपैया बराबरको बजेट प्रस्ताव गरिएकाे छ ।
पालुङ्गटार नगरपालिकाले आगामी बर्षका लागि स्वास्थ्य, शिक्षा, पूर्वाधार लगायतका क्षेत्र विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएकाे जनाएकाे छ ।
कार्यक्रममा लकडाउनका कारण नगरक्षेत्रमा रोकिएका क्रमागत आयोजनाको निर्माण पूरा गर्ने, लगानीको वातावरण सिर्जना गर्ने, कृषि, स्वास्थ्य, शिक्षामा लगानी बढाइ नगरबासीमा परिवर्तनको अनुभूति गराउने विषयलाई बजेटमा प्राथमिकता दिइएको छ ।

सिमित श्रोत, साधन र बजेटवाट जनताको अधिकतम माग र अपेक्षालाइ सम्बोधन गर्नुपर्ने परिस्थिसंगै आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट पार पाउन स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु, सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउनु, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रमले सम्बोधन गरेकोले बजेटमा भौतिक पूर्वाधार तर्फ सोचे जस्तो योजना तथा कार्यक्रम समावेश गर्न नसकिएको उपप्रमुख बसेलले सिभिलखबरलाई बताइन ।