• आइतबार, असोज ११ २०८३

सञ्चार क्षेत्रलाई अनुदान, कोभिडबाट मृत्यु भएकाको परिवारलाई ३० हजार राहत


शुक्रबार, असार ११ २०७८
655
Shares

गोरखा । गोरखा नगरपालिकाले सञ्चार क्षेत्रको प्रवर्द्धन गर्ने नीति लिएको छ । आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजानिक गर्दै गोरखा नगरपालिकाले नगरक्षेत्रमाकार्यालय रहेका रेडियो र पत्रपत्रिकालाई लाेककल्याणकारी अनुदान दिने घोषणा गरेको हो ।

बिहिबार नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको आठौ नगरसभाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजानिक गरेको छ । कार्यक्रममा नगरप्रमुख पन्तले नीति तथा कार्यक्रम र उपप्रमुख विना कुमारी श्रेष्ठले बजेट प्रस्तुत गरेका थिए ।

केन्द्र र प्रदेशले जस्तै गोरखा नगरपालिकाले पनि स्थानीय पत्रपत्रिकालाई लोककल्याणकारी अनुदान प्रदान गर्ने कार्यक्रम ल्याएको छ । जिल्लाबाट प्रकाशित हुने तीन वटा दैनिक पत्रिकालाइ एक लाखका दरले तीन लाख अनुदान दिने घोषणा गरेको छ ।

यसैगरी गोरखा नगरपालिका भित्र सञ्चालित एफएम रेडियोहरुको विद्युत महसुलमा अनुदान दिने कार्यक्रम पनि ल्याइएको छ । यहाँ सञ्चालित रेडियोले तिर्नुपर्ने विद्युत महसुलमा नगरपालिकाले ५० प्रतिशत अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यो कार्यक्रमले धरासायी अबस्थामा रहेका सञ्चार माध्यमको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ ।

सामुदायिक तथा नीजि रेडियोले तिर्ने बिजुलीको विलमा ५० प्रतिशत भुक्तानी नगरपालिकाले गर्ने नीति तथा कार्यक्रममा बजेट सहित उल्लेख छ । रेडियो कार्यक्रम उत्पादनका लागि पाँच लाख रुपैयाँ पनि बिनियोजन भएको छ ।

यसैगरी नगरपालिकाले आव २०७८/७९ मा काेभिड १९ काे संक्रमणबाट मृत्यु भए परिवारलाई ३० हजार नगद राहत सहयाेग गर्ने समेत घाेषणा गरेकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार