• आइतबार, असोज ११ २०८३

सिरानचोक गाउँपालिकाले ल्यायो ५६ करोड ९७ लाखको बजेट


बिहिबार, असार १० २०७८
970
Shares


गोरखा । गोरखाको सिरानचोक गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि ५६ करोड ९७ लाख २३ हजारको बजेट ल्याएको छ ।

आज (बिहिवार) भएको आठौँ गाउँसभामा अध्यक्ष राजु गुरुङले नीति तथा कार्यक्रम र उपाध्यक्ष देबकोटाले बजेट प्रस्तुत गरेकी हुन् ।

चालु तर्फ ८ करोड ८७ लाख र गाउँपालिकाको सार्वजनीक बिकास र बिभिन्न अन्य शिर्षकमा ४८ करोड १० लाख रुपैयाँ बिनियोजन गरिएको उपाध्यक्ष रिता देबकोटाले बताईन ।

संघिय सरकार, प्रदेश सरकारबाट आउने अनुदान, गाउँपालिकाको आन्तरिक आम्दानी लगायतलाई आम्दानीको स्रोतको रुपमा पालिकाले लिएको छ ।

कोभिड संकट ब्यवस्थापन, पूर्वाधार बिकास, गुणस्तरीय सर्वसुलभ स्वास्थ्य ,शिक्षामा गुणात्मक सुधार, कृषि तथा पशुसेवामा आधुनिकरणलाई गाउँपालिकाको बजेटले प्राथमिकता दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार