• आइतबार, असोज ११ २०८३

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठको निधन


बिहिबार, असार १० २०७८
1.1K
Shares


काठमाडौं । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ ।

नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए ।

कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले बताए ।

२०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित भएका श्रेष्ठ २०३६ सालमा संघ स्थापना गर्ने मध्येका एक संस्थापक सदस्य थिए ।

भक्तपुरको बोडे स्थायी घर भएका उनी पछिल्लो समय परिवारकासाथ डिल्ली बजार बस्दै आएका थिए । श्रेष्ठको परिवारमा पत्नी, दुई छोरा र एक छोरी छन् । उनको आजै अन्त्यष्टि गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार