• बिहिबार, साउन १४ २०८३

बिहीबार २ हजार ४ सय ७४ संक्रमित थपिदाँ २४ जनाको मृत्यु


बिहिबार, असार १० २०७८
615
Shares

काठमाडौं । बिहीबार थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

आज कुल १२ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको थियो। साथै थप २ हजार ५ सय १८ जना निको भएका छन्।

हालसम्म कोरोना संक्रमण पुष्टि भएर निको भएकाहरुको संख्या ५ लाख ७० हजार ९ सय ५८ पुगेको छ। निको हुनेको दर ९०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै थप २४ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको छ। यीसहित हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९ सय १८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार