• आइतबार, असोज ११ २०८३

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा काका पक्राउ


बिहिबार, असार १० २०७८
540
Shares


दमौली । भतिजीलाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँमा काका पक्राउ परेका छन्।

पक्राउ पर्नेमा व्यास नगरपालिका—९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ।

पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।

आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिविरूद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार