• आइतबार, असोज ११ २०८३

शहिद लखनले ल्यायो साढे ६१ करोडको बजेट


बिहिबार, असार १० २०७८
985
Shares

गोरखा । शहिद लखन गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । बुधबार सम्पन्न नवौ गाउँसभाले ६१ करोड ५९ लाख ७५ हजार रुपैयाँ बराबरको वजेट स्वीकृत गरेको प्रमुख प्रशासकीय अधिकृत जीवन आले मगरले बताए । चालु तर्फ ३१ करोड ५० लाख ३९ हजार र पुँजीगत तर्फ ३० करोड ९ लाख ३६ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

नीति तथा कार्यक्रमले कोभिड १९ रोकथाम तथा नियन्त्रण सहित स्वास्थ्य, शिक्षा, कृषि, जिबिकको पार्जन र पूर्वाधार बिकासलाई जोड दिएको छ । स्वास्थ्य तर्फ कोरोना प्रतिकार्य कोषमा ४० लाख रकम विनियोजन गरिएको छ ।

निर्माणाधिन गाउँपालिकाको प्रशासनीक भवन निर्माणका लागि २ करोड रकम छुट्याइएको छ । यसैगरी नीति तथा कार्यक्रममा वडा नम्बर १ र ९ को वडा कार्यालय भवन निर्माण गर्न बजेट उपलब्ध गराउने कुरा उल्लेख गरिएको छ ।

गाउँपालिकाका सबै वडा जोड्ने मोटरबाटो र मुख्य सडक स्तरोन्नी गर्ने, संघिय सरकारसँगको साझेदारीमा देउराली ओयाक रानीस्वाँरा नीनधारे चिसापानी तिनमाने सडक स्तरोन्नती गर्न बजेट व्यवस्था गरिएको छ । कृषि तर्फ रैथानेबाली संरक्षणलाई जोड दिइएको छ ।

वडा नम्बर ६ र ९ मा भैसी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिनेछ । जग्गा भाडा लिई कृषि कर्म गर्नेलाई ५० प्रतिशत अनुदान उपलब्ध गराइने कुरा पनि नीति तथा कार्यक्रमले समेटेको छ ।

संबिधानत समाजको सबै वर्ग र क्षेत्रको समानुपातिक सभागिता हुने गरी नीति तथा कार्यक्रम र बजेट ल्याएको प्रमुख प्रशासकीय अधिकृत आलेमगरले जानकारी दिए । वर्खे अधिवेशन तथा गाउँसभामा अध्यक्ष रमेशबाबु थापा मगरले नीति तथा कार्यक्रम र उपाध्यक्ष इन्दिरा तिवारीले बजेट प्रस्तुत गरेका थिए ।

बुधबार नै उक्त नीति तथा कार्यक्रम र बजेट सर्वसहमतीका पारित भएको शहिद लखन गाउँपालिकाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार