गोरखा । गत जेठ २६ गते बारपाक सुलिकोट १ र लमजुङको सिमानामा पर्ने बौद्ध हिमालको फेदीमा जडीबुटी खोज्न जाँदा बेपत्ता भएका युवकको शव फेला परेको छ ।


चुमनुब्री गाउँपालिका वडा नम्बर ३ सल्लेरी घर भएका २४ वर्षीय सुरेन्द्र गुरुङको शव आज बिहान आजिरकोट गाँउपालिका —१ खैरेगाजा क्षेत्रमा फेला परेको हो ।
उनीसहित जडीबुटी खोज्न गएका बाँकी ४ जनाको भने हेलिकप्टरबाट उद्धार गरि लाप्राक स्थित आफन्तको घरमा पु¥याइएको थियो ।

शव खोज्नका लागि ६/७ जनाको टोली गएका थिए । भीरबाट करिब २ सय मिटर लत खोंजमा भेटिएको शवलाई युवाहरुले नजिकैको चौरमा राखेर फर्किएको चुमनुब्री मिलन समाजका अध्यक्ष वीरबल घलेले जानकारी दिए ।
शवलाई हेलिकप्टरमार्फत गाँउमा पुर्याउने प्रयास गरेता पनि मौसम प्रतिकुल भएका कारण सफल हुन नसकेको उनले बताए ।
