• बिहिबार, साउन १४ २०८३

पालुङटारका मेयर कडेंललाई काेराेना संक्रमण


बुधबार, असार ९ २०७८
850
Shares

गोरखा । पालुङटार नगरपालिकाका मेयर ई.दिपक बाबु कडेंललाई काेराेना संक्रमण पुष्टि भएकाे छ । केहिदिनअघि देखि सामान्य ज्वराे आएपछि उनले मंगलबार काठमाण्डाै पुगेर काेभिड परिक्षण गराएका थिए ।

मेयर कडेंलसंगै पालुङटार स्थित घरमा संगै रहेकी श्रीमती र दुई छाेरीहरुमा समेत काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे बताइएकाे छ ।

स्वास्थ्यमा केहि असहज भएपछि उनि मंगलबार परिवारसहित काठमाण्डाै गएका थिए ।

उनिसहित परिवारका चारै जनालाई बुधबार संक्रमण पुष्टि भएकाे स्वकिय सचिव सुरज थापाले सिभिलखबरलाई जानकारी दिए ।

हाल मेयर कडेंलसहित परिवारका सबै सदस्यहरुमा सामान्य रुघाखाेकी र ज्वराे देखिएकाे बताइएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार