• बिहिबार, साउन १४ २०८३

बुधबार थप २ हजार ४ सय २१ मा संक्रमण पुष्टि, ८१ जनाको मृत्यु


बुधबार, असार ९ २०७८
625
Shares


कामठाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४ सय ६१ पीसीआर परीक्षणमा १ हजार ५ सय ११ र ४ हजार ९ सय ५३ जनाको एन्टिजेन परीक्षणमा ९ सय १० जना गरी २ हजार ४ सय २१ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको प्रवक्ता कृष्ण पौडेलले जानकारी दिए । जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश नभएका मृत्यु रहेको उनले बताए ।

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ ।

जसमध्ये ४७ हजार २ सय ४६ जना होम आइसोलेसनमा र ३ हजार २ सय ३४ जना होम आइसोलेसनमा रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार