• आइतबार, असोज ११ २०८३

चितवनमा निषेधाज्ञा : जोर बिजोर प्रणालीमा निजी सवारी चल्न पाउने


बुधबार, असार ९ २०७८
1.3K
Shares


चितवन । चितवनमा खुकुलो बनाएर असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार सूचना जारी गर्दै निजी सवारी साधन जोर बिजोर प्रणालीमा चल्ने र पसलहरु सातामा तीन दिन खुल्न पाउने गरी निषेधाज्ञा थप गरिएको जनाएको छ ।

शुक्रबारदेखि गतेअनुसार निजी सवारी साधन जोर बिजोर प्रणालीमा सवारी साधन चल्न पाउनेछन् ।

यसैगरी भाँडा, कपडा, फेन्सी, कस्मेटिक तथा गिफ्ट, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सुनचाँदी, फर्निचर, अटोमोबाइल, मोटरपार्टस्, जुत्ता चप्पल, टेलरिङ र प्रेस पसलहरु हप्ताको आइतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै सञ्चालन हुन पाउने प्रशासनले जनाएको छ ।

होटल रेष्टुरेन्ट तथा मिठाइ पसलले बेलुका ६ बजेसम्म मात्रै टेकअवे सेवा सञ्चालन गर्न पाउनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार