• आइतबार, असोज ११ २०८३

गुडिरहेको टिपरमा आगलागी


बुधबार, असार ९ २०७८
835
Shares


पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका–१० प्रयागपुरमा गुडिरहेको टिपरमा बुधबार बिहान आफैं आगो लागेको छ।

इँटा लोडे गरी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५५५१ नम्बरको टिपरमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।

गुड्दै गरेको टिपरमा आगलागी भएपछि चालकले हामफालेर ज्यान जोगाएको स्थानीयबासीले बताएका छन्।

समयमा आगो निभाउन नसक्दा टिपर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।

बीच सडकमै जलेको टिपर हटाउने र घटना विषयबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार