• आइतबार, असोज ११ २०८३

पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु


बुधबार, असार ९ २०७८
645
Shares

अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा परि घर पुरिँदा रोल्पामा ३ जनाको ज्यान गएको छ ।

गएराति साढे १२ बजेतिर आएको पहिरोमा रोल्पा नगरपालिका– ९ ह्वामाका टीकासिं बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको हो ।

त्यही घरमा सुतिरहेका टीकासिंसहित अन्य तीनजना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार