काठमाडौं । युट्युबमा भाइरल सन्तोषी सुब्बाको हत्या भएको छ ।
विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको शव प्रहरीले बुधबार दक्षिणकालीको ट्वाइलेटबाट बरामद गरेको छ ।
उनको टाउकोमा गह्रुंगो वस्तुले हिर्काएको देखिएको छ भने अनुहार क्षतविक्षत भएको छ ।
प्रहरी र चिकित्सकले उनी गर्भवती भएको हुनसक्ने आशंका गरेका छन् । यद्यपि, पोष्टमार्टमपछि मात्रै यसको पुष्टि हुने बताइएको छ ।