काठमाडौं । कोपा अमेरिका ब्राजिलमा जारी छ। ब्राजिलमा स्टार खेलाडीहरुको कमी छैन यद्यपी त्यहाँ अर्जेन्टिनी स्टार लियोनल मेस्सीको एउटा अद्भूत फ्यान भेटिएका छन्।
उनका एक फ्यान इगोर मेगालहेसले आफ्नो ढाँडभर मेस्सीको तस्बिर बनाएका छन। खासमा सो तस्बिर मेस्सीले रियल मड्रिडविरुद्ध सन् २०१७ मा गोल गरेपछिको सेलेब्रेसन हो।
मेस्सीले आफ्नो खेल जीवनको ५ सय गोल पुरा गरेको सो क्षण इगोर मेगालहेसको ढाँडमा ट्याटुको रुपमा देखेपछि इगोरको ढाँडमै अटोग्राफ समेत दिएका छन ।