• आइतबार, असोज ११ २०८३

युरो कप : इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा


बुधबार, असार ९ २०७८
860
Shares

काठमाडौं । युरो कपमा गएराति भएको खेलमा इंग्ल्याण्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

रहिम स्टर्लिङको गोलको मद्दतमा चेक रिपब्लिकलाई पराजित गर्दै इंग्ल्याण्ड समूह ‘डी’ को विजेता बन्दै युरोकप २०२० को नकआउट चरणमा प्रवेश गरेको हो ।

इंग्ल्याण्डका लागि स्टर्लिङले खेलको १२औं मिनेटमा गोल गरेका थिए । जितपछि ३ खेलबाट ७ अंक जोड्दै इंग्ल्याण्ड समूह विजेता बन्यो । अब इंग्ल्याण्डले समूह ‘एफ’को उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ ।

उता हारपछि पनि चेक रिपब्लिक तेस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । ३ खेलबाट ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो हुनेमध्ये उत्कृष्ट हुँदै नकआउट चरणमा पुगेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार