• आइतबार, असोज ११ २०८३

अश्राङ खाेलामा एक युवककाे शव भेटियाे


बुधबार, असार ९ २०७८
700
Shares

गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका ६ अश्राङ खाेलामा एक युवककाे शव भेटिएकाे छ । शहिद लखन र भिमसेन थापा गाउँपालिकाकाे सिमानामा पर्ने अश्राङ खाेलामा मंगलबार बेलुका करिब ४ बजे युवककाे शव भेटिएकाे हाे ।

भेटिएकाे शवकाे पहिचान भएकाे र उनि शहिद लखन गाउँपालिका ८ छापथोकका ३९ बर्षिय राजकुमार श्रेष्ठ रहेकाे वडाअध्यक्ष काशीनाथ अंगाईले बताए ।

खुट्टाकाे अपांगता भएका श्रेष्ठ मंगलबार ज्यादुल खाेला स्थित आफ्नाे खेतमा वुवा संगै खेत जाेत्न गएका थिए । खेतमा जाेतेर घर फर्कने क्रममा कुलाे लडेर उनकाे मृत्यु भएको प्रारम्भिक अनुसन्धनजबाट खुलेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

मृत्तकको अनुहारमा चोट देखिएको छ ।

खेत जोत्दाजोत्दै चर्को घाम भए पछि गोरु फुकाएर बुवाले चराउन गएको र उनी घर फर्कने क्रममा खोलाको दलदलेमा खुट्टा अड्कीएर लड्दा मृत्यु भएको अनुमान गरिएको वडा अध्यक्ष अंगाईले बताए । तर पनि के हो भन्ने बिषय भने पोष्टमार्टम पछी मात्र थाहा हुने उनले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार