• बिहिबार, साउन १४ २०८३

गोरखाको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री प्रदान


मंगलबार, असार ८ २०७८
655
Shares


गोरखा ।गण्डकी प्रदेश सरकारले गोरखाको आँपपिपल अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

प्रदेश सरकारका विना विभागीय मन्त्री हरिशरण आचार्यले उक्त साम्रग्री मंगलवार अस्पताललाई हस्तान्तरण गरेका हुन् ।

सहयोगमा ५ थान आईसियू बेड, १ थान वाइप्याप मेसीन, १ थान अक्सिमिटर, पिपिई र सेनिटाइजर लगायतका सामग्री उपलब्ध भएको अस्पताल प्रशासन प्रमुख बाबुराम गिरीले बताए ।

वडा नं ३ का अध्यक्ष रेशम बहादुर अधिकारी, वडा नं २ का अध्यक्ष लोकनाथ वाग्ले, अस्पताल प्रशासन प्रमुख बाबुराम गिरी तथा डाक्टर पवन अग्रवालले अस्पतालको अवस्थाको बारेमा मन्त्री आचार्यलाई जानकारी गराएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार