• आइतबार, असोज ११ २०८३

शौचालयभित्र भेटियो महिलाको शव, हत्याको आशंका


मंगलबार, असार ८ २०७८
630
Shares


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ७ मा एक महिलाको शव फेला परेको छ।

अनुहारमा चोट रहेको शव फेला परेको हो। ढुंगाले अनुहारमा प्रहार गरेर उनको हत्या गरेको हुन सक्ने आशंका गरिएको छ।

उनको पहिचान खुलेको छैन। दक्षिणकाली बसपार्क नजिकै शौचालयमा उनको शव आज फेला परेको अपराध अनुसन्धान महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।

उनको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका छ। घटनास्थल वरपर जंगल छ। च्याउ टिप्न आएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनास्थलमा प्रहरीहरू पुगेका छन्। घटनास्थलमा झोला भेटिएको छ। उक्त झोलामा सिक्री, टप र मेकअपका सामान भेटिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार