काठमाडौं । मंगलबार थप ४ हजार ५ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनामा पिसिआर परीक्षण गरिएकोमा ३ हजार ७०३ पोजेटिभ देखिएको थियो भने ४ हजार ७०९ को एन्टिजेन परीक्षण गरिएकोमा ८ सय १९ मा पोजेटिभ देखिएको थियो।
पछिल्लो २४ घण्टामा कूल १६ हजार ९ सय १३ नमूना परीक्षण गरिएको थियो। देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ५४ जना कोरोनाबाट निको भएका छन्।
त्यस्तै, ४१ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।
