• बिहिबार, साउन १४ २०८३

भारतमा कोरोनाका दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कम


मंगलबार, असार ८ २०७८
610
Shares

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) का दैनिक नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ४२ हजारमा झरेको छ । भेटिएका नयाँ संक्रमितको संख्या ९१ दिनयताकै सबैभन्दा कम बताइएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण भारतमा १ हजार १६७ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या पनि ६ लाख ६२ हजारमा झरेको छ ।

भारतमा अहिलेसम्म २८ करोड ८७ लाख डोजभन्दा धेरै कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार