• आइतबार, असोज ११ २०८३

७९.४४ अंकले बढ्यो सेयर बजार


मंगलबार, असार ८ २०७८
785
Shares

काठमाडौं । अघिल्लो साता बुधबारबाट घट्न थालेको बजार यो साताको कोरोबार हुने तेस्रो दिन ९मंगलबार० भने लयमा फर्किएको छ ।

मंगलबार ७९.४४ अंकले बढेको बजार २९१३.८४ बिन्दुमा पुगेर रोकियो । यो २.८० प्रतिशतको वृद्धि हो ।

आज बजारमा सबै समूहको परिसूचक हरियो बनेको छ । त्यसमा पनि फाइनान्स, विकास बैंक र जलविद्युतका लगानीकर्ताले बढी कमाएका छन ।

आज १ लाख १२ हजार ५० पटक कारोबार भएको छ । यो कारोबारबाट १ करोड ९७ लाख ७० हजार ६ सय ३८ कित्ता सेयर किनबेच भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार