काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भइरहेको भन्दै यथाशीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
नेपालका ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ तर अझै दोस्रो डोज खोप पाएका छैनन।
भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप नेपालले थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो डोज खोप पाएका छैनन् ।