गोरखा । योङ कम्युनिष्ट पार्टी वाईसिल गोरखाले चुमनुुब्री गाँउपालिका —३ सल्लेरीका बाढी पिडितलाई खाधान्न सहयोग गरेको छ ।

वाईसिल सामाजिक सञ्जालमार्फत रकम संकलन गरेर सल्लेरीका ३५ घरधुरीलाई खाधान्न सहयोग गरेको हो ।
सहयोगमा चामल, तेल र नुन वितरण गरिएको स.गठनका जिल्ल इन्चार्ज सुदीप नगरकोटीले जानकारी दिए ।
सोमबार वडाध्यक्ष रामकुमार गुरुङ र संगठनको प्रतिनिधित्व गर्दै स्थानीय नेता रकेश तमुले बाढीपीडितलाई खाधान्न हस्ताण्तरण गरेका हुन् ।
