काठमाडौं । कोभ्याक्स कार्यक्रमलाई खोपको अभाव भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बताएको छ ।
विश्वका गरीब मुलुकलाई कोरोना भाइरसविरुद्धको खोप पुर्याउने उद्देश्यले कोभ्याक्स कार्यक्रम ल्याइएको हो ।
डब्ल्यूएचओका अनुसार अहिलेसम्म कोभ्याक्स कार्यक्रममार्फत १३१ मुलुकमा ९ करोड डोज खोप वितरण गरिएको छ ।
अहिले केही अफ्रिकी मुलुकमा कोरोनाको तेस्रो तहर फैलिन थालेको छ । अफ्रिकामा अहिलेसम्म केवल चार करोड डोज कोरोना खोप लगाइएको छ ।
विश्वका धनी मुलुकले कोरोना खोप सञ्चय गरेका कारण गरीब मुलुकले खोप पाउन नसकेको आरोप लाग्ने गरेको छ ।
अमेरिकालेभने ८ करोड डोज कोरोना खोप अन्य मुलुकलाई दिने घोषणा गरिसकेको छ भने जी–७ का मुलुकले एक अर्ब डोज खोप अर्को वर्षसम्ममा दिने बताएका छन् ।