• आइतबार, असोज ११ २०८३

कर तिर्ने म्याद थप्न माग गर्दै प्रदर्शन


मंगलबार, असार ८ २०७८
860
Shares

निषेधाज्ञामा पीडित उद्योगीरव्यवसायीका लागि कर तिर्ने म्याद थप्न माग गर्दै नेपालगञ्जमा मङ्गलवार प्रदर्शन गरिएको छ ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको आयोजनामा मङ्गलवार साङ्केतिक दबाबमूलक कार्यक्रमको आयोजना गरी प्रदर्शन गरिएको हो ।

सरकारले कर दाखिला गर्न दिएको असार २५ को म्याद अव्यावहारिक भएकाले म्याद बढाउन माग गर्दै प्रदर्शन गरिएको हो ।

यसैगरी व्यवसायीहरूलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोना सङ्क्रमण घटेसँगै निषेधाज्ञा हटाउनुपर्ने, सिमानाका व्यवस्थित गर्नुपर्ने लगायतका माग राखी सङ्घको भवन अगाडि प्ले–कार्डसहित साङ्केतिक दबाबमूलक कार्यक्रम गरी प्रदर्शनगरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार